सुनको मूल्य दुई सयले बढ्यो
काठमाडौं - सुनको मूल्य बिहीबार तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ९०० रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया