अर्थ / बाणिज्य

नयाँ स्वरुपमा 'टर्टल' फेरि आयो

इकागज |
पुस २८, २०७९ बिहीबार १४:४९ बजे

काठमाडौँ- ‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ । क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतीसँगै ठमेलमा ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालन आएको हो ।

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार क्लबमा विभिन्न खानाका परिकार खानाका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिन्छ । ‘टर्टल स्थापना भएको पाँच वर्ष भयो । यो अवधिमा ग्राहकलाई सेवासहितको मनोञ्जन दिदै आइरहेका थियौं । ग्राहकलाई थप मनोरञ्जन दिन र सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ लाई नयाँ संरचनासहित सञ्चालन ल्याएका छौं’, ठकुरीले भने ।


ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको सुविधा लिन सक्नेछन् । उनका अनुसार क्लबमा लाइभ साङ्गीतिक प्रस्तुति दिने अवधिको समयलाई ‘लाउन्ज’ समय भनिएको छ । ‘त्यो समयमा पारिवारिक जमघट हुनेछ । वैवाहिक वर्षगाँठ, जन्मदिन मनाउँन वा विभिन्न खाना खान परिवार आउनु भएको हुन्छ ।

'लाउन्जको समय म्युजिक सुनेर ग्राहकले आनन्द लिनसक्नु हुन्छ’, ठकुरीले भने, ‘दिनभरीको थकानलाई आनन्द महशुस गर्न क्लब आउने हो । क्लबको विशेषता भनेको पूर्ण रुपमा पारिवारिक वातावरण छ । क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुनेछ । जसमा फरक–फरक ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् । ‘

१२ बजे देखि डिजे म्युजिक सुरु हुन्छ । त्यो क्लबिङ रुचाउने ग्राहकले म्युजिकमा रमाउँन सक्नुहुन्छ । हामीले सन्तुष्ट बनाउँन मनोरञ्जनको ढाँचालाई फरक बनाएका हौं’, ठकुरीले भने । ग्राहक ‘टर्टल लाउन्ज एण्ड क्लब’ भित्र प्रवेश गरेपछि समुन्द्रमा बसेको अनुभूत गराउँने उनको भनाई छ ।

ग्राहकलाई मध्यजनर गरी सुविधासम्पन्न र सुरक्षाका दृष्टिकोणले क्लबलाई थप व्यवस्थित गरिएको ठकुरीले बताए । ‘क्लब संस्कृतिको विकास भइसक्दा पनि क्लबहरु स्तरी बन्न नसक्दा मनोरञ्जका लागि आएका ग्राहक असर पुगिरहेको हुन्छ । जसले क्लब आएका स्वादेश तथा विदेशी पाहुनाहरूलाई सुरक्षित वातवरणसहति सेवा–सुविधा पनि विस्तार गरेका छौं’, उनले भने ।


Author

थप समाचार
x