अर्थ / बाणिज्य

बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ : स्वर्णिम वाग्ले

इकागज |
पुस २८, २०७९ बिहीबार १९:४२ बजे

काठमाडौँ- अर्थविद् स्वर्णिम वाग्लेले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंका बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पत्ति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका हुन् । उनले बौद्धिक सम्पत्तिलाई विकसित मुलुकहरूले विश्व व्यापार संगठनको सदस्यमा जबरजस्ती बनाएको उल्लेख गरे ।


वाग्लेले बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्र रूपमा अगाडि बढाएकोमा पश्चिमा मुलुकहरूले नै आलोचनात्मक टिप्पणी गरिरहेको बताए । अहिले बौद्धिक सम्पत्तिलाई प्राथमिकता दिएर व्यापार,लगानी र बिफा सम्झौता गरिरहेको उनकाे भनाइ छ । उनले व्यापार, लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पत्ति समावेश गर्न हलिउडको मनोरञ्जन उद्योग ,औषधि उद्योग र आइसिटी उद्योगको दबाबले गर्दा व्यावसायिक लभिहरू हाबी हुन पुगेको बताए ।

अल्पविकसित देशका लागि तीव्र गतिमा बौद्धिक सम्पत्ति मुद्दा अगाडि आउँदा आवश्यक हुने/नहुने सुजबुझपूर्ण निर्णयको आवश्यकता देखिएको उनकाे भनाइ छ । देशमा न्यायाधीश नै किन्नसक्ने अवस्था रहेको भन्दै त्यस्तो देशको लगानी गर्न कोही पनि नरुचाउने बताए ।


Author

थप समाचार
x