अर्थ / बाणिज्य

माघकाे पहिलाे साताबाट तुम्लिङटरामा बुद्धको एटीआर ७२ ले दैनिक उडान भर्ने

इकागज |
पुस २९, २०७९ शुक्रबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- बुद्ध एयरको एटीआर-७२ ले तुम्लिङटारमा विमानस्थलमा उडान भर्ने भएको छ । एटीआरको उडान भएसँगै जहाजले दैनिक दुई उडान भर्ने भएको हो ।

यसअघि एटीआएर-४२ ले उडान भर्ने विमानस्थलमा माघ ६ गतेबाट एटीआर- ७२ ले उडान भर्ने नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले जानकारी दिए ।


विमानस्थलको रनवेको क्षमता पुनः संरचना भएपछि एटीआर-७२ लाई उडान भर्न अनुमति दिएको भूलले जानकारी दिए ।

‘सानो जहाजबाट यात्रा गरिरहेकाहरूले अबदेखि ठूला जहाजबाट उडान भर्न पाउने भएका छन्,’ उनले भने,’ एटीआर सञ्चालनमा आएपछि १५ सयदेखि २ हजारसम्म हवाई भाडा घट्छ ।‘

हवाई भाडादर घटेपछि त्यस क्षेत्रका मानिसले सस्तो र सर्वसुलभ मूल्यमा यात्रा गर्न पाउने भूलले बताए ।

हाल तुम्लिङटारमा दैनिक एउटा उडान भइरहेको छ ।

त्यसैगरी, फागुन १७ गतेबाट उक्त विमानस्थलमा  दैनिक दुई वटा उडान हुने भएको छ । पहिलो उडान बिहान ९:५० मा र दोस्रो उडान १०:४५ हुने भूलले जानकारी दिए ।

 

 

 

 

 

 

 


Author

थप समाचार
x