उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल
फाइल तस्बिर
काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् । सरकारले व्यवसायीहरूको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए ।
उनले उद्योगी व्यवसायीहरूले उठाएका उचित मागलाई सकारात्मक रूपमा लिएको पनि बताए । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको भनाइ राखे ।
उनले व्यवसायीहरूको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिबद्धता महासंघलाई जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया