अर्थ / बाणिज्य

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

इकागज |
माघ २, २०७९ सोमबार १४:५९ बजे

फाइल तस्बिर

बागमती- मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा लागेकाले किसानहरूले पनि रैथाने बालीको उत्पादनमा जोड दिएको जनाएको छ ।


गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रूपमा हप्ताको एक दिन स्थानीय स्तरका उत्पादन हुने रैथाने बालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीय स्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए । 


Author

थप समाचार
x