हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह
फाइल तस्बिर
गण्डकी- होटेल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ ।
यति एयरलाइन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
विपद्का समयमा खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न सङ्घले सरकारसँग अनुरोध गरेको छ । आन्तरिक उडानतर्फ नेपालकै ठूलो यस दुर्घटनाले मर्माहत बनाएको भन्दै विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया