अर्थ / बाणिज्य

समाधान भयो टेलिकमको अवरुद्ध सेवा

इकागज |
माघ ३, २०७९ मंगलबार १७:२१ बजे

काठमाडौं- नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकमले सूचना जारी गर्दै समाधान भएको बताएको छ ।

टेलिकमले आफ्ना ग्राहकहरूसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफैँ काटिने समस्या देखिएको थियो ।


त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो ।


Author

थप समाचार
x