मिनिङफुल मर्जरका लागि माछापुच्छ्रे बैँक सकारात्मक : अध्यक्ष डा. महतो
काठमाडौँ- माछापुच्छ्रे बैँक लिमिटेडको २४औं वार्षिक साधारण सभा पौष २९ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले बैँकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैँकले आ. व २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोही अवधिमा बैँकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व बैँकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैँकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।
पहिलोपटक काण्माडौँमा आयोजना भएको बैँकको साधारण सभाले संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट डा. उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित समेत गरेको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैँकको तर्फबाट यथाशक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै सेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैँक सदैव लागि परेको जानकारी गराए ।
साथै उनले नेपाल राष्ट्र बैँकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैँक सधैं मिनिङफुल मर्जरका लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरू गर्दै आइरहेको जानकारी गराए ।
त्यस्तै बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैँकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनीय सेवा प्रदान गरिरहेको जानकारी गराए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया