अर्थ / बाणिज्य

गोरुपालकलाई अनुदान दिएको बाह्रविसेले किसानका लागि अरु के गर्दैछ ?

इकागज |
माघ ४, २०७९ बुधबार १७:६ बजे

सिन्धुपाल्चोक–सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिएको छ । 

पालिकाका ७७६ बढी किसानलाई प्रति हल १० हजार रुपैयाँ अनुदान दिएर एक कार्यक्रमको आयोजना गरि संकेतिक रुपमा सुरु गरेको छ । 
अर्गानिक कृषिलाई प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप अनुदान दिएको पालिकाले बताएको छ ।  नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार अनुदान लिन गोरुको अनिवार्य बीमा गरेको हुनुपर्नेछ । 


‘हामीले कृषकलाई मात्र होईन समग्र नगरपालिकालाई नै विभिन्न खालको कार्यक्रम गरेका छौँ ।’ प्रमुख बस्नेतले भने, ‘हामीले शिक्षामा पनि विभिन्न कार्यक्रम ल्याएका छौँ ।’ 

नगरको माटोको उर्भरा शक्ति ह्रास हुँदै आएको कारणले उर्भरा शक्ति प्रांगरिक मललाई जोड दिन कृषकलाई अनुदान दिएको पालिकाका प्रवक्ता तथा वडा अध्यक्ष विमलप्रसाद पौडेलले बताएका छन् । 

‘गाउँमा बस्ने किसानहरुको कतै जागिर हुँदैन यहि जोत्ने खाने त हो, पालिकाले प्रत्साहन गरेको राम्रो कुरा हो ।’ अनुदान लिने जितमान तामाङ्ग भन्छन्, ‘हामीलाई यो पैसाले गोरु बिरामी हुँदा दबाइ गर्न हुन्छ । बाली किन्न सजिलो हुन्छ ।’

बाह्रविसे नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई अनुदान दिएको हो । अनुदान ८० लाख बढी खर्च हुने अनुमान गरेको नगर प्रमुख बस्नेतले बताए । 

मेसिनलाई भन्दा गोरुहरुलाई प्रोत्साहान गरेकोमा खुशी लागेको अनुदान रकम लिन आएका कृषक खिलबहादुर बुढाथोकी बताउँछन् । ‘यो पैसाले म आलुको विउ किन्छु । गोरुलाई कहिले विरामी हुन्छ दवाई नि गर्न हुन्छ ।’

किसानको अपेक्षा अनुसार प्रोत्साहन अनुसार अनुदान दिएको हो । मेयर बस्नेतले भने, कृषकलाई हामीले भेदभाव गरेका छैनौं । यहाँको आवश्यक जे हो हामीले त्यही अनुसार काम गरेको छौं ।

पालिकाले कृषिलाई लक्षित गरि आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौंरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ ।

पालिकाले २ करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ । यस पालिकाको मुख्य पेसा कृषि, माथिल्लो क्षेत्रमा स्याउ, आलु, मकै, गहुँ, टमटार, अलि तल्लो भेगमा धान खेती पनि हुन्छ ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री तथा सांसद मोहनबहादुर बस्नेत थिए । कार्यक्रमका उद्घाटन सांसद र मेयरले गोरु जेतेर गरेका थिए । 
 


Author

थप समाचार
x