अर्थ / बाणिज्य

अर्थतन्त्रलाई सही बाटो तर्फ लैजान सहकार्य जरुरी

इकागज |
माघ ५, २०७९ बिहीबार १७:३७ बजे

काठमाडौँ- ​ इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरूको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले स्वागत कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै बास्केटमा रहेकोले निजी क्षेत्रका भनाइहरूलाई जनमानसमा पुर्याउन संचारकर्मीहरूको अहँ भूमिका रहेको बताएका छन ।

यस्तै सरकारले प्रतिवद्धता गरेका कतिपय सुविधाहरू व्यवहारमा उपलब्ध हुन नसकेका भन्दै यी प्रतिबद्धताहरू शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको समेत बताएका हुन्।


मल्लले आर्थिक एजेण्डामा हामीहरूको समान दायित्व भएकोले हामी सहकार्य गर्दै अगाडि बढ्नु जरुरी रहेको बताए ।  सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसँग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतीहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको बताए । संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि उनले आग्रह गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो । इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सीताराम विलासी, उपाध्यक्षद्धय सोमनाथ बास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम विष्ट, सहसचिव विष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरू मिलन खडका तथा  सुरेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।   


Author

थप समाचार
x