एनआईसी एसियाले आईआरओ कन्ट्रक्नसलाई कालोसूचीमा राख्न पत्र काट्यो
सांकेतिक तस्वीर
काठमाडौँ- एनआईसी एसिया बैंकले आईआरओ कन्ट्रक्सन प्रा.लि.लाई कालो सूचीमा राख्न पत्र काटेको छ । कम्पनीले निर्माण सामग्री प्रयोग गरी चेक दिएर भुक्तानी नगरेपछि कम्पनीलाई कालो सूचीमा राख्न पत्र काटेको हो । कम्पनीले दोश्रो पक्षलाई काटेको दुई चेकको भुक्तानी दिन नसकेपछि सञ्चालक र कम्पनीलाई कालोसूचीमा राख्न पत्र काटेको जनाइएको छ।
सो कम्पनीका सञ्चालक शेखर वैद्यले समानान्तर क्रंक्रिट उद्योग प्रा.लि.सँग कारोबार गर्दा दिएको १६ लाख ८६ हजार ३७१ रुपैयाँको दुईवटा चेकको भुक्तानी हुन नसकेपछि सो कम्पनी र सञ्चालक वैद्यलाई कालोसूचीमा राख्न बैंकले पत्र काटेको हाे।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया