३० दिनभित्र माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने चेतावनी
आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने चालकहरूको माग
काठमाडौँ - नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए ।
उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरूको माग गरेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै उनीहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरूको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्याङ्कर चालकहरूको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानूनहरूमा संशोधन गर्न आवश्यक रहेको बताए। उनले विनियमावलीमा भएका केही व्यवस्थाहरू समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्याङ्कर चालकहरूको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया