सिन्धु वेलफेयर सोसाइटीले पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता
काठमाडौं– सिन्धु वेलफेयर सोसाइटीले आफूले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने भएको छ । ब्ल्याक हर्स इन्डष्ट्रिजले उत्पादन गरेको जुत्तालाई सोसाइटीमार्फत् अध्ययन गरिरहेका बालबािलकाले पहिलो चरणमा तीन वर्षसम्म पाउनेछन् ।
सोसाइटी र ब्ल्याक हर्सबीच विभिन्न सर्तमा सहमतिसमेत भएको छ । ब्ल्याक हर्सका सञ्चालक चीनबहादुर श्रेष्ठ र सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक दुई जोर जुत्ता उपलब्ध गराइने छ । जुत्ता उपलब्ध गराएबापत कुनै पनि शूल्क नलिने सम्झौता गरिएको ब्ल्याक हर्सका सञ्चालक श्रेष्ठले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया