खर्च कटौतीले मात्रै अर्थतन्त्र सुधार हुँदैन्ः अर्थमन्त्री पौडेल
फाइल फोटो
काठमाडौँ - उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहो¥याउन नहुने बताएका छन् ।
बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् ।
उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए । उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताए ।
मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताए । उनले खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको पनि बताए । मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे । आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरुको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘मुलुकको आर्थिक समस्याको बारेमा यसको समाधानका बारेमा चर्चा भइरहेको छ । समस्याका प्रवृत्तिहरु फरक फरक छन्, कति तात्कालिक महत्वका समस्याहरु छन्, तत्काल समाधान गर्नुपर्छ, कति दीर्घकालीन छन्, कति मध्यकालीन छन् त्यही अनुसारका नीतिहरु अघि सार्नुपर्छ । तर तत्कालका समस्या समाधान गर्नुपरेको छ, दीर्घकालीन नीतिहरु अघि सारेर हुँदैन । अहिले सरकारले जे जस्ता नीतिहरु अघि सार्दैछ, यो भनेको ज्वरो आउनुभन्दा अघि किन आयो भन्नुभन्दा सिटामोल ख्वाइन्छ, त्यसैले कतिपय बेला तत्कालका उपायहरु अपाउनुपर्छ । हामी नयाँ समस्याहरुका चाङको सामुन्नेमा छौँ, बजेटको आकारको चर्चा गर्नुभयो, बजटको आकारका सन्दर्भमा हमीले जस्तो अभ्यास गर्दै आएका छौँ, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन । अब परिस्थितिले हामीलाई के भनेको छ भने बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ । गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन । हामी बजेट रियालिस्टिक बजेट ल्याउने छौँ ।’
अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने अर्थमन्त्रीले बताए । उनले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया