अर्थ / बाणिज्य

विदेशी मुद्रा : डलर १३१, युरो १४३

इकागज |
माघ १९, २०७९ बिहीबार ८:५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो । 

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसामा कारोबार भएको थियो । 


यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ १६ पैसा र बिक्रीदर १६१ रूपैयाँ ९० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रूपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा तोकिएको छ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रूपैयाँ एक पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसामा पाइन्छ। 

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ५१ पैसा तोकिएको छ ।


Author

थप समाचार
x