पिएलओले शेयर निष्काशन गर्ने
विराटनगर - पूर्वान्चल ल्युब आयल कम्पनी लिमिटेड (पिएलओ) ले शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । पिएलओले प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
स्थानीयबासी र कर्मचारीका लागि ५० हजार कित्ता तथा अरु सर्वसाधारणलाई पाँच लाख कित्ता शेयर जारी गरिने पिएलओका प्रबन्ध सन्चालक भोलेश्वर दुलालले बताए । त्यसका लागि बुधबार पिएलओ र प्रभु क्यापिटल लिमिटेडबिच शेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा पिएलओका प्रबन्ध सन्चालक दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । मोरङको सुन्दरहरैचा-९ बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पिएलओले २३ वर्षदेखि पिएलओ ब्राण्डको लुब्रीकेन्ट उत्पादन तथा बिक्री बितरण गरिरहेको छ ।
कम्पनीले नेपाल भर ९२ बढी डिलर, ११ हजार बढी खुद्रा व्यापारी र २ लाख बढी ग्राहकहरुले उपयोग गरिरहेको दाबी गरेको छ । पिएलओमा विदेशी कम्पनी अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी रहेको जनाइएको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडका प्रवन्धक संचालक अंगिश घिमिरे र पिएलओका दुलालबीच पनि लगानीबारे सम्झौता भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया