मन्त्री किराँतीकाे निर्देशन : विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नूस
फाइल तस्बिर
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन् ।
शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए ।
मन्त्री किराँतीले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको उल्लेख गरे । उनले आजको अनुगमनमा ट्रर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए ।
मन्त्री किराँतीले आज (शनिबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया