अर्थ / बाणिज्य

एकै दिन दुई हजारले घट्यो सुनको मुल्य

इकागज |
माघ २२, २०७९ आइतबार १२:२८ बजे

काठमाडौँ - आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक लाख ६ हजार १०० कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय तोकिएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


शुक्रबारको दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ।  


Author

थप समाचार
x