अर्थ / बाणिज्य

नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता छैन : अध्यक्ष रमेश हमाल

इकागज |
माघ २३, २०७९ सोमबार १९:२४ बजे

फाइल फोटो

काठमाडौँ  -धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरेका छन् । 

उनले बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तीब्रतालाई देखेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए । 


उनले नेपाली नागरिकता बाहेक कुनैपनि देशको कुनैपनि काल खण्डमा नागरिकता होइन पर्मानेन्ट एडेस समेत नलिएको स्पष्ट पारे । 

'समाचारमा कुन देशको नागरिकता लिएको हो समेत लेखिएको छैन । कुनै बेस समेत नभएको मान्छेको चरित्रमा हत्या गर्न खोजियो । म चुनौति गर्छु । मैले ५६ वर्षमा जुनसुकै स्थानमा बसेर काम गर्दा गरेको कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुन्ड्याउँदा हुन्छ', उनले भने। 

उनले केहीले आफूसँग विदेशको नागरिकता भएको समेत बताएका, तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्न नसकेको बताए ।  

मेरोमात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो’, उनले भने । 
 


Author

थप समाचार
x