अर्थ / बाणिज्य

लिटरमा ३ रुपैयाँ बढ्‌यो पेट्रोल र डिजेल

इकागज |
माघ २४, २०७९ मंगलबार ८:२६ बजे

काठमाडौँ- गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढेको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  


आयल निगमले जारी गरेको सूचना अनुसार अबदेखि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । 

निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई  इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ रहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले गत १  फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ मूल्य वृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ । आईओसीले मूल्य वृद्धी भएको सूची पठाएपछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाई छ । 

पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनु परेको निगमको भनाई छ । 

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।
 


Author

थप समाचार
x