अर्थ / बाणिज्य

भ्यालेन्टाइन लक्षित यामाहाको रोमान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

इकागज |
माघ २४, २०७९ मंगलबार १७:२४ बजे

काठमाडौं– भ्यालेन्टाइनको अवसर पारेर यामाहाले रोमान्टिक स्किम ल्याएको छ । ‘की टू द गोल्डेन हार्ट’ को भ्यालेन्टाइन  स्किमले एक लाखसम्मको क्यास ब्याकको अफर ल्याएको हो ।

हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिने र ‘लक्की ड्र’ मार्फत हरेक हप्ता विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ । यो अफर यामाहाका सीमित मोडलहरूको खरिदमा मात्र उपलब्ध हुनेछ ।


यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले भने, ‘हामी यो मायाको मौसममा ‘कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं ।’

बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक/स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने दृढ विश्वास रहेको गुरुङले बताए । 


 


Author

थप समाचार
x