फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट
काठमाडौं- फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नवीकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालयका अनुसार फागुन मसान्तसम्ममा सवारी धनीहरूले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
साथै आफ्नो सवारी साधनहरूको कर नवीकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध पनि गरेको छ ।
यसैगरी कार्यालयका अनुसार अविलम्ब कर भुक्तानी गरेका सवारी धनीहरूले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारी साधनहरूलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया