सरकारले श्रमजीवी वर्गको हकहितका लागि कुनै काम गरेन : अध्यक्ष श्रेष्ठ
काठमाडौँ- संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले सरकारले श्रमजीवी वर्गहरूको हकहितका लागि कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालको वर्गीय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गर्दै श्रमिकहरूका लागि सरकार सधैं अन्धो र बहिरो जस्तै बनेको जिकिर गरे । उनले श्रमजीवी वर्गहरूको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरबारको शासक र शासन परिवर्तन भए पनि ठूला-ठूला आन्दोलनमा योगदान दिने श्रमिकको अवस्था उस्तै रहेको बताए ।
उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला श्रमिकका लागि शासकहरू सामन्ती बनेको आरोप लगाए ।
अध्यक्ष श्रेष्ठले नेपालमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरूमा मारमा परेको दु:ख व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षाको मुद्दालाई कार्यान्वयन गर्न देशभरी विभिन्न कार्यक्रम र आन्दोलनका तयारी तीव्र पारिएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया