सुनको भाउ बढ्यो
काठमाडौँ- आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ।
शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया