अर्थ / बाणिज्य

आज बैंकका सेवा सुचारु नै रहने

इकागज |
फागुन १, २०७९ सोमबार ८:१३ बजे

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई जनयुद्ध दिवस मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अवरूद्द नहुने भएको हो ।


‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


Author

थप समाचार
x