अर्थ / बाणिज्य

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी

इकागज |
फागुन ८, २०७९ सोमबार २१:४७ बजे

फाइल तस्बिर

दोधारा चाँदनी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताए ।


उनले यहाँका निर्माणधीन गौरवका योजनामा बजेट अभाव हुन नदिने बताए । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमिन छुट्याइएको जानकारी दिए । उनका अनुसार एक सय वटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याएको छ । 

अढाइ दशकदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकार प्राप्त नहुँदै दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् । वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्रमा अहिले रुख छपानको काम भइरहेका बताए ।


Author

थप समाचार
x