कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको खरिदमूल्य मंगलबार १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८४ पैसामा भएको थियो ।
मंगलबार युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसअघि सोमबार युरोको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७ पैसा तोकिएको थियो ।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १५९ रुपैयाँ ५८ पैसा पाइन्छ।
मंगलबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९१ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा पाईन्छ ।
मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९४ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीमा १० रुपैयाँ २३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया