अर्थ / बाणिज्य

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघले मनायाे रजत जयन्ती

इकागज |
फागुन १२, २०७९ शुक्रबार १७:६ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघले आज रजत जयन्ती मनाएको छ । संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमको नेपाल सरकारका शहरी विकासमन्त्री बिक्रम पाण्डेयले उद्घाटन गरेका छन् । 

कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाण्डेयले आफू सदैव निर्माण व्यवसायीको साथमा रहेको बताए । उनले ठेक्का लिने बेलामा गरिने सम्झौताको अध्ययन गरेर मात्रै निर्माण कार्य सुरु गर्न व्यवसायीलाई सुझाव दिए । 


साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने बताउँदै मन्त्री पाण्डेयले सहमतिका आधारमा अघि बढ्न व्यवसायीलाई सुझाव दिए । 

संघले फागुन १२-१४ गतेसम्म रजत जयन्तीसँगै १७ औं साधारण सभा एवम् ९ औं अधिवेशन समेत आयोजना गर्दै छ । 

आगामी ३ वर्षे कार्यकालका लागि वर्तमान महासचिव शान्तकुमार श्रेष्ठ र कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतम प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।


Author

थप समाचार
x