अर्थ / बाणिज्य

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नेतृत्वका लागि उम्मेदवारी दर्ता

इकागज |
फागुन १३, २०७९ शनिबार १७:५२ बजे

काठमाडौँ- आइतबार हुने निर्वाचनका लागि काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नेतृत्वमा दुई छुट्टाछुट्टै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । 

आगामी ३ वर्षे कार्यकालका लागि ​वर्तमान महासचिव शान्तकुमार श्रेष्ठ (सन्तु) र कृष्णप्रसाद गौतमको छुट्टाछुट्टै दुई समूह चुनावी मैदानमा होमिएका हुन् । 
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष बासु खड्का, द्वितीय उपाध्यक्षमा टिकाराम सुबेदी, महासचिवमा ईश्वरराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यस्तै उपमहासचिव (नीतिगत) मा कृष्ण केसी (कृष), उपमहासचिव (आन्तरिक) मा यनप्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह-कोषाध्यक्षमा संजिव शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई (काफ्ले), प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक बहादुर लामा, महासचिवमा पंचमराम तामाङ (बिजय) ले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपमहासचिव (नीतिगत) मा अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्ष र सह-कोषाध्यक्षमा अन्य दुई जनाले समेत उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत युवक कुमार गौतमले जानकारी दिए ।

यसैगरी १ जना महिला सदस्यको लागि ३ जना र ९ जना खुल्ला सदस्यका लागि २४ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए ।


Author

थप समाचार
x