अर्थ / बाणिज्य

काठमाडौ उपत्यका निर्माण व्यवसायी संघकाे निर्वाचनमा सकियाे मतदान

इकागज |
फागुन १४, २०७९ आइतबार १८:३८ बजे

काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको आगामी तीन वर्षे कार्यकालका लागि आज भएको निर्वाचनमा एक हजार एक सय २४ मत खसेको छ । आइतबार बिहान ११ बजेदेखि मतदान सुरु भएको थियो । 

संघमा रहेका एक हजार ६ सय १६ मतदातामध्ये १ हजार एङ्क सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृत युवक कुमार गौतमले जानकारी दिए । उनले अबको केही समयमा मतगणना गरिने समेत बताए । 


नेतृत्वका लागि दुई छुट्टाछुट्टै समूह प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। वर्तमान महासचिव शान्त कुमार श्रेष्ठ (सन्तु) र कृष्णप्रसाद गौतमको छुट्टाछुट्टै दुई समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष बासु खड्का, द्वितीय उपाध्यक्षमा टिकाराम सुबेदी, महासचिवमा ईश्वरराज पन्त प्रतिस्पर्धी रहेका छन् ।

त्यस्तै उपमहासचिव (नितिगत) मा कृष्ण केसी (कृष), उपमहासचिव (आन्तरिक) मा यनप्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह-कोषाध्यक्षमा संजिव शाक्य चुनावी मैदानमा होमिएका थिए ।

यसैगरी गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई (काफ्ले), प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक बहादुर लामा, महासचिवमा पंचमराम तामाङ (बिजय) प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै उपमहासचिव (नितिगत) मा अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठले रहेका छन ।

यसैगरी १ जना महिला सदस्यको लागि ३ जना र ९ जना खुल्ला सदस्यको लागि २४ जनाले प्रतिस्पर्धा गरिरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए ।


Author

थप समाचार
x