अर्थ / बाणिज्य

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नेतृत्वका लागि मतगणना जारी

इकागज |
फागुन १४, २०७९ आइतबार २२:१६ बजे

काठमाडौँ-  काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको आगामी ३ बर्षे कार्यकालका लागि भएको निर्वाचनको मतगणना शुरु भएकोछ । भृकुटीमण्डप स्थित सभागृहमा तीन स्थानबाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत युवक कुमार गौतमले जानकारी दिए ।

आज भएको निर्वाचनमा एकहजार १२४ मत खसेको छ । आइतबार बिहान ११ बजेदेखि मतदान शुरु भएको थियो । 


संघमा रहेका एकहजार ६१६ मतदातामध्ये १ हजार १२४ मत खसेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । उनले अबको केहीबेरमा मतगणना गरिने समेत बताए । 

नेतृत्वका लागि दुई छुट्टाछुट्टै समुह प्यानल सहित चुनावी मैदानमा होमिएका थिए। बर्तमान महासचिव शान्त कुमार श्रेष्ठ (सन्तु) र कृष्ण प्रसाद गौतमको छुट्टाछुट्टै दुई समूह चुनावी प्रतिस्पर्धामा रहेका छन ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष बासु खड्का, द्वितीय उपाध्यक्षमा टिकाराम सुबेदी, महासचिवमा ईश्वरराज पन्त प्रतिस्पर्धि रहेका छन ।

त्यस्तै उपमहासचिव (नितिगत) मा कृष्ण केसी (कृष), उपमहासचिव (आन्तरिक) मा यनप्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह(कोषाध्यक्षमा संजिव शाक्य चुनावी मैदानमा होमिएका थिए ।

यसैगरी गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई (काफ्ले), प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक बहादुर लामा, महासचिवमा पंचमराम तामाङ (बिजय) प्रतिस्पर्धामा रहेका छन ।

त्यस्तै उपमहासचिव (नितिगत) मा अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह(कोषाध्यक्षमा राजन श्रेष्ठले रहेका छन ।

यसैगरी १ जना महिला सदस्यको लागि ३ जना र ९ जना खुल्ला सदस्यको लागि २४ जनाले प्रतिस्पर्धा गरिरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए ।


Author

थप समाचार
x