दरबारमार्गमा पार्किङ हटाएकोप्रति व्यवसायीको विरोध
फाइल फोटो
काठमाडौँ - काठमाडौंको दरबारमार्ग क्षेत्रको सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।
सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको विरोधमा व्यवसायीहरुले सोमबार अपरान्ह आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन् । सवारी आवागमनमा नै असर पुग्ने गरि दरबारमार्ग क्षेत्रमा पार्किङ गरिएको भन्दै महानगरले दुई महिना अघि सो क्षेत्रलाई पार्किङ निषेध बनाएको थियो ।
त्यसपछि सो क्षेत्रका व्यापारीहरुले विरोध जनाउँदै आएका छन् । उनीहरुले यसअघि सडकको एकतर्फी छेउमा मात्रै पार्किङ राखेको तर महानगरले हटाउदा ५० देखि ६० प्रतिशत व्यापार घटेकाले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् ।
दरवारमार्ग विकास बोर्डको अगुवाईमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले दरवारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ देखिएको व्यानर प्रदर्शन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया