अर्थ / बाणिज्य

चोभार सुख्खा बन्दरगाहलाई लजिस्टिक हब बनाउने गरी काम भइरहेको छः आशिष गजुरेल

इकागज |
फागुन १५, २०७९ सोमबार १८:१८ बजे

फाइल फोटो

काठमाडौँ - इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गजुरेलले यस्तो बताएका हुन् । 

उनले कुनैपनि पूर्वधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताए । उनले बन्दरगाहमा व्यवसायीहरुले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताए । उनले चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताए । 


कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने बताए । उनले सरकारले बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढीरहेको बताए । उनले इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रुपमा सञ्चालनमा ल्याएको बताए । उनले आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रुपमा काम गर्न खोजिएको बताए । उनले अहिले काठमाडौंका बीच सडकमा कन्टेनर राखेर सामान झार्ने कामलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउए । 

उनले भने, ‘चोभार बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनल भनेर सञ्चालनमा ल्याएका छौं । यो पार्किङ र गोदामको लागि खोलियो भनिएको छ । त्यसको लागि खोलिएको होइन । त्यस्तो अन्तर्राष्ट्रिय रुपमा चलेको तर नेपालमा यस्तो विकास नभएको कुरा विकास गर्न खोजेका छौं । व्यापारमा विश्वभर लजिस्टिक हबको विषय चलिरहेको हुन्छ । ठूलो कन्टेनरमा आएको वस्तु पल्टि गरेर साना–साना ट्रकमा सामान पुर्‍याउने हो । आजको दिनमा काठमाडौंमा भइरहेको छ । त्यो कहाँ भएको छ भन्दा त्यो बीच सडकमा भइरहेको छ । सधैँ हामी अव्यवस्थित भएर नै चल्ने हो । हाम्रो दायित्व बन्दरगाह मात्रै सञ्चालन गर्ने होइन । व्यापारलाई सहजीकरण गर्ने हो । लजिस्टिक हवको योजना ल्याएर काम गर्न खोजेको हो । त्यसको लागि पार्किङ गर्नुपर्ने हुन्छ । व्यवसायीहरुले निर्यातको लागि पार्किङ गर्छु भन्नेहरुको लागि आन्तरिक टर्मिनलमा खुला गरेका छौं । पत्रकारहरुको समाचार लेख्दा राम्रो शब्द चयन हुँदा सकारात्मक सन्देस जान्छ । बन्दरगाहपूर्ण रुपमा चल्नको लागि फास्ट ट्रयाक चाँडै बन्नुपर्छ । कुनैपनि पूर्वाधार आइसोलेसनमा काम गर्न ग्राहो हुन्छ । बन्दरगाहमा वस्तुहरु आयात निर्यात हुने हो । फास्ट ट्रयाक र बन्दरगाहसँग योजना भएको हो । अझ फास्ट ट्रयाक अगाडि बन्ने प्रक्रियामा अगाडि बढाएको हो । तर अहिलेसम्म बन्नसकेको छैन । भविष्यमा बन्दरगाहमा रेल जोड्ने योजना हो । योजना अगाडि बढीरहेको छ ।’

उनले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजिकरण गर्ने हिसावले काम गरिरहेको बताए । उनले व्यवसायीहरुले निर्यातको लागि पार्किङ लगायतको लागि बन्दरगाहमा आन्तरिक टर्मिनलमा खुला गरिएको बताए । उनले बन्दरगाह सञ्चालनको लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न र पत्रकारहरुले पनि सकारात्कम सन्देस जानेगरी समाचार दिन आवश्यक रहेको बताए । 


Author

थप समाचार
x