अर्थ / बाणिज्य

फागुन २२ सम्म बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:३८ बजे

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।


फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बीमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सूचनामा जनाइएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सो भन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ ।


Author

थप समाचार
x