अर्थ / बाणिज्य

भारतबाट बढेर आयो ग्यासको मूल्य

इकागज |
फागुन १७, २०७९ बुधबार १८:० बजे

काठमाडौं- नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।


निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।


Author

थप समाचार
x