अर्थ / बाणिज्य

मुगुका महिलाहरू बेमौसमी तरकारी खेतीतिर

इकागज |
फागुन १९, २०७९ शुक्रबार १२:१६ बजे

मुगु । मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरु पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरु  बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।


सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयातित तरकारीको भरमा परेका नागरिकहरु पछिल्लो समय संघ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् । 

मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरु तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् । युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा उनीहरुले तरकारी खेती गरेका हुन् ।

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । 
 


Author

थप समाचार
x