अर्थ / बाणिज्य

राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

इकागज |
फागुन २१, २०७९ आइतबार ८:६ बजे

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन  राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैँयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपैयाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । 


जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेवाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।


Author

थप समाचार
x