अर्थ / बाणिज्य

सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्यांकमा आधारित छैन : अच्युत वाग्ले

इकागज |
फागुन २३, २०७९ मंगलबार १६:५१ बजे

फाइल फोटो

काठमाडौँ - सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्यांकमा आधारित नभएको बताएका छन् । मंगलबार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । 

उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्यांकमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताए । उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्यांकमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले तथ्य तथ्यांकमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुहरू निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए । 


उनले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रश्तुत गरिने बताए । उनले भने, ‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन् । त्यस्ता नीतिहरु तथ्य तथ्यांकमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन् । कुन आकारमा निर्यात हुन्छ । अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ । नेपालको हकमा व्यापारको धेरै चासोको विषय छ । 

नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्नेछ । सबै अनियमितता,न्यून विजकिकरण हेर्दा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत जतिकै व्यापार घाटा हुने देखिन्छ। कुनैपनि रुपमा दिगो छैन । यो आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण छ । उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए । 

सम्मेलन मंगलवार र बुधबार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।

 


Author

थप समाचार
x