सिचुवान एयरलाइन्सले चैतको पहिलोसातादेखि नेपालको उडान भर्ने
काठमाडौँबाट अष्ट्रेलिया र जापान सिधा उडान
काठमाडौँ- सिचुवान एयरलाइन्सले नेपालमा पुनः उडान सुचारु गर्ने भएको छ । चिनियाँ एयरलाइन्स कम्पनीले सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडान पुनः सुचारु गर्ने भएको हो ।
एयरलाइन्सले आगामी चैत ६ गतेदेखि चिनको चेङदुबाट साताको ४ वडा उडान भर्ने जनाएको छ । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५: ३५ बजे उडान भर्नेछ । चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातिको ९ बजे अवतरण गर्नेछ ।
सिचुवान एयरलाइन्सले काठमाडौँदेखि जापान र अष्ट्रेलियाका लागि उडान भर्ने भएको छ । मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९९९ भाडा तोकेको छ ।
काठमाडौंदेखि नारिता सम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रुपैयाँ रहेको प्रस्ट पारेको छ ।
त्यसैगरी, उडानमा ४६ केजी चेक–इन लगेज र ७ केजी ह्यान्ड क्यारी लैजान मिल्ने पनि कम्पनीले जनाएको छ । मेलवर्नसम्म यात्रा गर्ने यात्रुले अब चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहनुपर्ने छ ।
नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन गरेको धन्यवाद प्रकट गरेको छ ।
कोभिड महामारीअघि नेपालमा चीनबाट चाइना एयरलाइन्स, चाइना इस्टर्न, चाइना साउथन र सिचुवान एयरलाइन्सले उडान भर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया