ब्यावसायीले ब्याजदरविरुद्धको आन्दोलन नरोक्ने
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर विरुद्ध मूल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।
‘बैक तथा वित्तीय क्षेत्रले केही महिनाअघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघकाे निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया