अर्थ / बाणिज्य

क्रिकेट खेलाडीलाई एनएमबि बैंकले जनही २१ हजारका दरले दिने

इकागज |
चैत २, २०७९ बिहीबार १२:८ बजे

काठमाडौँ- एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

'खेलाडीहरु राष्ट्रका  गौरव हुन। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ' केसीले भने ।


२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज युएइसँग भिडिरहेको छ । आजको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।


Author

थप समाचार
x