अर्थ / बाणिज्य

कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

इकागज |
चैत ९, २०७९ बिहीबार १२:१६ बजे

सुर्खेत - कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ सकेका छन् । शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक पनि रहेका थिए ।  उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए ।


शाही गतएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको टिकट दिएको थियो । निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शाहीलाई सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन् । सरकारका  प्रवक्ता कृष्णबहादुर जिसीले आयोगमा दुई सदस्यपछि नियुक्त गर्ने जानकारी दिए ।


 


Author

थप समाचार
x