लघुवित्तीय संस्थाविरुद्ध नेकपा बहुमतकाे विरोध प्रदर्शन
काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लघुवित्तीय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले 'लघुवित्तीय संस्था खारेज गर', 'पीडितको ऋण मिनाहा गर', 'जनताको जीवनशैली सहज गर'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरू वित्तीय संस्थाबाट पीडित रहेको बताए । उनले लघुवित्तीय संस्थाहरूकाे ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।
लघुवित्तीय संस्थाहरूका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया