रुसी खोप स्पुतनिक फाइभ आयात गर्न अनुमति
काठमाडौँ : औषधी व्यवस्था विभागले रुसको गामालिया सेन्टरले विकास गरेको कोभिड–१९ विरुद्धको स्पुतनिक फाइभ खोप आयातका लागि लोमस फर्मास्युटीकल्सलाई अनुमति दिएको छ । लोमसले खोप आयातका साथै मध्यकालमा नेपालमै उक्त खोप विकास गर्न प्रविधि आयात गर्ने सम्बन्धमा रुस सरकारसँग छलफल अघि बढाइसकेको फर्मास्युटीकल्सका निर्देशक प्रज्वलजङ्ग पाण्डेले जानकारी दिए ।
लोमसले स्पुतनिक फाइभ नेपाली बजारमा दुई डोजको ३,४८५ रुपैयाँमा बेच्ने प्रस्ताव औषधी व्यवस्था विभाग समक्ष गरेको थियो । द ल्याण्डसेट जर्नलमा प्रकाशित आर्टीकलमा यो खोपको प्रभावकारिता उच्च देखिएको उल्लेख छ । औषधी व्यवस्था विभागले भारत बायोटेकको उत्पादन कोभ्याक्सिन र सिरम इन्स्टिच्यूट अफ इण्डियाको उत्पादन कोभिशील्ड पनि आयात गर्न निजी कम्पनीहरूलाई अनुमति दिइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया