कोभिड–१९ उपचार सेवा विस्तार
धुलिखेल अस्पताललाई विजय शाहले आइतबार १ करोड ३५ लाख सहयोग हस्तान्तरण गर्ने
काठमाडौँ : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजय शाहले धुलिखेल अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) र अक्सिजन आपूर्ति प्रणालीका लागि एक करोड ३५ लाख रुपैयाँ प्रदान गर्ने भएका छन् । शाहले कोभिड–१९ का बिरामीको उपचार सहज तुल्याउन धुलिखेल अस्पतालमा आइसीयू सेवा विस्तार र अक्सिजन आपूर्ति प्रणालीका लागि उक्त सहयोग भोलि (आइतबार) हस्तान्तरण गर्दैछन् ।
आइतबार धुलिखेल अस्पतालको खातामा घोषित सहयोग रकम हस्तान्तरण गर्ने शाहले उल्लेख गरेका छन् । अहिले आइसीयू र भेन्टिलेटरको अभावमा कोभिड–१९ संक्रमितहरूको उपचारमा जटिलता आइरहेको छ । कोभिड–१९ को दोस्रो लहरसँगै दैनिक नौ हजार भन्दा धेरै नयाँ संक्रमितहरू थपिने गरेका छन् । जसका कारण विद्यमान स्वास्थ्य पूर्वाधार र जनशक्तिले बिरामीहरू धान्न नसक्ने अवस्था पैदा भएको छ ।
शाहले यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)बाट पनि नभइ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको अध्यक्षका रूपमा व्यक्तिगत तवरमा प्रदान गरेका हुन् । शाहलाई गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने नागरिकका रूपमा सरकारले सम्मानित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया