अर्थ / बाणिज्य

हिमालयन डिस्टिलरीको नाफा ५४% ले बढ्यो

इकागज |
बैशाख २६, २०७८ आइतबार १८:१२ बजे

काठमाडौँ : हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको तीन त्रैमासिकमामा उल्लेख्य नाफा गरेको छ । गत वर्षको तेश्रो त्रैमास (साउन–चैत) को तुलनामा चालु आर्थिक वर्ष २०७७–७८ को चैतसम्म ६७ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा ४३ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा नाफा ५३.९ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरेपछि पनि गत वर्षको सोही अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ पुगेको छ । यसले पुँजी वृद्धिपछि कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार भएको देखाउँछ । 

कम्पनीको बजार विस्तार र कार्यदक्षतासँगै नाफामा वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको  चैत्र मसान्त सम्ममा कुल बिक्री रकम ३ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म ३ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको छ । बिक्रीमा ९ प्रतिशत वृद्धि तथा कम्पनीको दक्षतामा विस्तारमा सुधार भएको कम्पनीले जनाएको छ । 


‘चैत मसान्तसम्मको कारोबार वृद्धिको मुख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पादकत्व वृद्धि, थप बजारीकरण, उत्पादीत ब्राण्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन तथा व्यवस्थापनको उच्च लगनशीलता रहेको कम्पनीको भनाइ छ ।  
 


Author

थप समाचार
x