अर्थ / बाणिज्य

अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्छ : डा महत

इकागज |
चैत २६, २०७९ आइतबार १८:२ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका छन् । 

आइतबार सिंहदरबारमा आर्थिक मिडिया संचालक संघसँगको छलफलका क्रममा अर्थमन्त्री महतले राजस्वको आन्तरिक र बाह्य समस्याका कारण राजस्व न्यून भएको अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका हुन् । 


उनले मुलुकको अर्थतन्त्रमा चाडैनै सकारात्मक परिवेश सिर्जना हुने दावी गरे । उनले अर्थमन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रिक नीतिमा ध्यान दिइने बताए । साधारण खर्चलाई कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उनले बताए । 

अर्थमन्त्री महतले बजेट आउन थोरै समय बाँकी रहेका बेला सरोकारवाला सबै निकायसँग छलफल गरेर काम गर्ने जिकिर गरे । उनले स्वदेशी र वैदेशिक लगानीको वातावरण बनाउँदै आम्दानीको दायरालाई बढाउने सरकारको लक्ष्य रहेको बताए । 


Author

थप समाचार
x