महासंघ निर्वाचन : एसोसियट सदस्यमा १९ जना विजयी, कसले कति मत ल्याए ?
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियटतर्फ १९ जना सदस्य निर्वाचित भएका छन् । बुधबार काठमाडौँमा भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । एसोसियटतर्फ २९ जनाले उम्मेदवारी दिएका थिए ।
जसअनुसार एसोसियट सदस्यतर्फ अम्बिका प्रसाद पौडेल १३६३ मत, अविनाश बोहोरा १२७५, आनन्दकुमार बगेरिया १३६४, उज्वलकुमार श्रेष्ठ ११९१, हृषी अग्रवल ८८१, गोपाल खनाल १२६५, जुना माथेमा ९९१ मत, रामशरण थपलिया १४४० मत, देश्बन्धु बस्नेत १२८४, प्रबलजङ पाण्डे ११२८, मनोज पौडेल १३७३, मुकुन्दप्रसाद तिमल्सिना ८४२, राजेशकुमार अग्रवाल १३१२, शक्तिकुमार बेगानी ९८८, सुशील थापा १३२९, शैलेन्द्र गुरागाई १३१५, सन्दिपकुमार अग्रवाल ९२५, सुनिलनारायण श्रेष्ठ १३४२ र हेमन्त गोल्छाले १३०० ल्याएर निर्वाचित भएका छन् ।
निर्वाचनमा कुल १६४९ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया