मप्रतिको विश्वास टुट्न दिन्नँ : नवनिर्वाचित एसोसिएट उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन् । विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन् ।
उनले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गरिन् । उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरूको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाइन् ।
‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुशी लागेको छ । जित्न कठिन थियो, तर आत्मविश्वास थियो । किनभने सत्यले जित्छ । म टिम लिएर काम गर्छु, टिमलाई समेटेर काम गर्छु, व्यवसायीहरूको समस्याको समाधान गर्ने प्रतिवद्धता छ' उनले भनिन् 'चुनाव सकिएपछि हामी एक हुन्छौँ । काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुहरूको पनि विश्वास पूरा गर्नेछु ।’
एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । उनले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया